News Portal

उपराष्ट्रपतिद्वारा माघेसंक्रान्तिको शुभकामनाः नेपाल विश्वकै नमूना राष्ट्र

९८ पटक

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले माघे संक्रान्ति÷माघी पर्व–२०७६ को शुभ अवसरमा शुभकामना दिएका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण रहेको पुनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले सबै समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रितिरिवाज र धार्मिक एवम् सांस्कृतिक चाडहरु रहेको बताउँदै नेपाल

त्यसैगरी मगर, थारु र छन्त्याललगायतका आदिवासी जनजाति समुदायको महान् सांस्कृतिक चाड एवम् माघेसंक्रान्तिको अवसरमा शुभकामना दिँदै शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले यस चाडको प्रकृतिसँग सम्बन्ध रहेको बताए । अन्धकार कम र सूर्यको प्रकाश तेज हुँदा प्राणीको चेतना र कार्यशक्तिमा वृद्धि हुने भएको बताउँदै पुनले यो माघेसंक्रान्ति महत्वपूर्ण चाड भएको बताए । उनले माघेसंक्रान्तिलाई सकारात्मक उर्जाको सुरुवात पनि भनेका छन् ।

उपराष्ट्रपति पुनले माघीले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र एकताको अभिवृद्धि हुँदै जाने र हाम्रो मौलिक संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनमा योगदान समेत दिने अपेक्षा गरेका छन् ।

प्रतिकृया दिनुहोस्