News Portal

  • अर्थमन्त्री खतिवडाद्वारा विमानस्थल -रेलवे र फाष्ट ट्रयाकको अनुगमन

    १२९ पटक

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढी अन्तर्राष्ट्रिय विमानस्थल, रेलवे र फाष्ट ट्रयाको स्थलगत अध्ययन गरेका छन् । मंगलबार मन्त्री खतिवडाले तीनै राष्ट्रिय गौरवका आयोजनाको स्थलगत अध्ययन गरेका हुन् ।

    अर्थमन्त्री खतिवडाले निर्माणाधिन निजगढ अन्तर्राष्ट्रिय विमान स्थल, काठमाडौं तराई जोड्ने फाष्ट ट्रायक र जनकपुरधाममा निर्माण भइरहेको रेलवे अनुगमन गर्दै कामको प्रगतिबारे पनि जानकारी लिएका थिए । अनुगमनको क्रममा खतिवडाले विमानस्थल, रेलवे र फास्ट ट्रयाक निर्माणको लागि सरकारको तर्फबाट कुनै पनि स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    त्यसैगरी आयोजना सञ्चालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्न अर्थमन्त्री खतिवडाले आग्रह समेत गरे ।

    प्रतिकृया दिनुहोस्