News Portal

  • राष्ट्रिय वाणिज्य बैंकद्वारा माइती नेपाललाई न्यानो कपडा

    १९२ पटक

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले माइती नेपालको संरक्षणमा रहेका महिला तथा बालबालिकालाई न्यानो कपडा तथा अन्य सामाग्री बितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत शाखा कार्यालय बौद्ध, गौशाला र मैतिदेवीले संयुक्त रुपमा काठमाडौं, गौशालास्थित माइती नेपाल पुगेर न्यानो कपडा, गलैंचा र आवश्यक विभिन्न सामग्रीहरु बितरण गरेको हो ।

    बैंकले सोमबार एक कार्याक्रमबीच माइती नेपालकी संरक्षक अनुराधा कोइराला, माइती नेपालका अध्यक्ष विश्वराम खड्कासँगै मइती नेपालमा संरक्षणमा रहेका महिला तथा बालबालिकाको उपस्थिति रहेको थियो । उक्त सामाग्री बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय गौशालाका प्रबन्धक बेदप्रसाद खनाल, शाखा कार्यालय मैतिदेवीका प्रबन्धक कपिल कार्की र शाखा कार्यालय बौद्धका प्रबन्धक सुरेश सापकोटाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा माइती नेपालकी संरक्षक अनुराधा कोइरालाले बैंकले गरेको सहयोगको लागि धन्यवाद दिँदै यस्ता सहयोगी कार्यहरुको संधै स्मरण गरिने बताइन् ।

    प्रतिकृया दिनुहोस्