News Portal

  • सूचना प्रविधि विधेयक प्रेस स्वतन्त्रता र नागरिकको मौलिक हकविरुद्धमा छः महासचिव पौडेल

    ४७० पटक

    काठमाडौँ । नेपाल बार एशोसिएशनका महासचिव लिलामणी पौडेलले सरकारले संसदमा पेश गरेको सूचना प्रविधि विधेयक नागरिकको मौलिक हकविरुद्धमा भएको बताएका छन् । सरकारले नागरिकलाई निरुत्साहित गर्न विधेयक ल्याएको पौडेलले बताए ।

    क्रान्तिकारी पत्रकार संगठन नेपालले संवाद डबलीमा गरेको कार्यक्रममा बोल्दै पौडेलले प्रेस स्वतन्त्रता र नागकिको मौलिक हकविरुद्धमा विधेयक आएकोले बारले सच्याउन माग गरेको जानकारी दिए । उनले जस्ताको त्यस्तै पारित गर्न खोजिए आफूहरु सडकमा जान बाध्य हुने चेतावनी समेत दिए ।

    नागरिकले लामो संघर्षबाट निरंकुशतालाई फलेर गणतन्त्रात्मक संघीय व्यवस्था ल्याएको तर सरकारले सूचना प्रविधि विधेयक ल्याएर फेरि अर्को निरंकुशता थोपार्न खोजेको पौडेलले बताए । “नागरिकका हकबिरुद्ध हरेक सरकारले गर्ने निर्णय र कमदविरुद्ध बार प्रतिपक्ष उभिँदै आएको छ । संविधानले दिएको अधिकारलाई खोस्न सरकारले सूचना प्रविधि विधेयक ल्याएको देखिन्छ । यसको सबैले विरोध गर्नुपर्छ, विरोधको आवाज सुनिएपनि भने सडकमा आउँनुपर्छ” पौडेलले भने ।

    यो विधेयकले सरकारले सबै अधिकार बालुवाटारमा केन्द्रीत गरेर अर्को निरंकुशता जन्माउन खोजेको आशंका जन्माएको भन्दै पौडेलले विवादित बुँदा खारेज गर्न माग समेत गरे । यसबारे नेपाल बारले छिटै विधेयकबारे धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्