News Portal

  • सूचना प्रविधि विधेयकबारे क्रान्तिकारी पत्रकार संगठनले सरोकारवालासँग अन्तरक्रिया गर्दै

    १६४ पटक

    काठमाडौं । क्रान्तिकारी पत्रकार  संगठन नेपालले संसदमा पेस भएको ‘सूचना प्रविधि विधेयक र प्रेस स्वतन्त्रताको रक्षा’ विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ ।

    नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारले सूचना प्रविधि विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भइरहेको छ । उक्त विधेयकका खराब पक्षबारे सरोकारवाला संस्था वा व्यक्तहरुबीच क्रान्तिकारी पत्रकार संगठनले अन्तरक्रिया गर्न लागेको हो ।

    अनामनगरस्थित संवाद डबलीमा अहिले १ बजेबाट कार्यक्रम सुरु हुने आयोजक संगठनले जानकारी दिएको छ ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस संगठनका संयोजक महेश्वर दाहाल, प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देल, नेपाल बार एशोसिएशनका महासचिव लिलामणी पौडेललगायतका बक्ताहरुले सूचना प्रविधि विधेकले नागरिक तथा प्रेस स्वतन्त्रतामाथि कसरी हस्तक्षेप गर्न खोझेको छ भन्ने विषयमा धारणा राखनेछन् ।

    • फाइल फोटो
    प्रतिकृया दिनुहोस्