News Portal

  • राेनाल्डाे र मेरिह डेमिरलले युभेन्टसलाई जिताए

    ३१९ पटक

    काठमाडौं । क्रिस्टियानाे राेनाल्डाे र मेरिह डेमिरलले युभेन्टसललाई जिताएका छन् । इटालियन ‘सिरी ए’ मा राेनाल्डाे र डेमिरलले एक-एक गोल गरेका थिए । त्यही दुई गोल निर्णयक भयो ।

    चौथो स्थानको रोमामाथि २–१ को जित हात पार्दै युभेन्टसले दोस्रो स्थानको इन्टरमिलानमाथि दुई अङ्कको अग्रता लिएको छ । समाचार एजेन्सीहरुका अनुसार खेलको तेस्रो मिनेटमा डेमिरलले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । १०औँ मिनेटमा पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्दै युभेन्टसलाई सुरुमै दुई गोलको अग्रता दिलाए ।

    खेलको ६८ औँ मिनेटमा रोमाले पेनाल्टी पायो, जसलाई डिएगो पेरोट्टीले गोलमा परिणत गर्दै युभेन्टसको अग्रता छोट्याए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा रोमा पराजित हुन पुग्यो ।

    जितसँगै युभेन्टसले १९ खेलबाट ४८ अङ्क बनाएको छ । समान खेलबाट इन्टरमिलान ४६ अङ्कसहित दोस्रो स्थानमा छ ।

    प्रतिकृया दिनुहोस्