News Portal

  • अमेरिकी सेनाको प्रमुख सैन्य अखडामा फेरि ६ वटा रकेट हमला, कमाण्डरसहित दर्जन घाइते

    ४४३ पटक

    काठमाडौं । अमेरिकी सैनिक अखडामा फेरि रकेट हमला भएको छ । इराकमा रहेको अमेरिकी वायु सेनाको अड्डामा आइतबार एकै पटक ६ वटा रकेट हमला गरिएको थियो ।
    इराकी सेनाका अनुसार बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा अल–बलाड सैनिक अड्डामा कम्तीमा ६ वटा रकेट एकैसाथ प्रहार भएका थिए । अल–बलाड सैनिक अड्डा इराकमा रहेको अमेरिकी वायु सेनाको प्रमुख अड्डा हो ।

    हमलाबाट इराकी सेनाका दुई कमाण्डरसहित चारजना घाइते भएको बताइएको छ । तर, इराकी र इरानी कतिपय संचारमाध्यमहरुले हमलाबाट अमेरिकाका दर्जनभन्दा बढी सैनिक घाइते भएका छन् । उक्त अखडाबाट धेरैजसो अमेरिकी सेनाले क्याम्प छोडेर भागिसकेकोले ठूलो क्षति नभएको बताइएको छ । इरानले गरेको क्षेप्यास्त्र हमलापछि अमेरिकी सेना उक्त अखडाबाट भागिसकेका थिए ।

    उक्त अखडामा अहिले इराकी सेना रहेको छ । इराकी सेनाले आफ्नो एफ–१६ लडाकु विमान पनि यही अखडामा राख्दै आएको छ ।
    रकेट कहाँबाट प्रहार भएको थियो भन्ने बारेमा अझै पत्ता लगाउने सकिएको छैन् । गत हप्ता मात्रै इरानले यही सैनिक अखडामा हमला गरेको थियो ।

    पछिल्ला दिनमा इराकमा रहेका अमेरिकी सैनिक अड्डामा आक्रमणको सिलसिला बढिरहेको छ । तर धेरैजसो आक्रमणमा इराकी सैनिक घाइते भएका छन् । यस्तै आक्रमणमा एक अमेरिकी कन्ट्रयाक्टरको ज्यान गएको थियो ।

    प्रतिकृया दिनुहोस्