News Portal

इरानमा प्रदर्शनकारीलाई उचाल्ने बेलायती राजदूत नियन्त्रणमा

३०८ पटक

काठमाडौँ । इरानले बेलायतीय राजदूतलाई पक्राउ गरेको छ । सरकारविरुद्ध विरोध प्रदर्शन गर्न उकासेको भन्दै इरान सरकारले तेहरानबाट राजदूत रब मकेयरलाई नियन्त्रणमा लिएको हो । उनलाई तीन घण्टापछि छोडिएको इरान सरकारले बताएको छ ।

राजदूत मकेयरले भुलबस भएको विमान दुर्घटनाका पीडितलाई इरानी सरकारविरुद्ध प्रदर्शन गर्न उकासेका बताइएको छ । विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत मकेर सहभागी भएर सरकारविरुद्ध अभिव्यक्ति दिएका थिए ।

राजदूत मकेरलगायतले उचालेपछि सम्झनामा गरिएको कार्यक्रम विरोध प्रदर्शनमा परिणत भएको थियो । राजदूत उक्त कार्यक्रमबाट फर्किँदै गर्दा इरानी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका थिए ।

बेलायतका विदेशमन्त्री डोमिनिक राबले आफ्नो देशका राजदूतलाई इरानले नियन्त्रणमा लिएर अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन गरेको बताए ।
आफ्नो सेनाको भुलबु इक्रेनी विमान खलेको बताउँदै इरानले आफी मागेको छ । साथै, घटनामा संलग्नलाई कारवाही गर्ने बचन पनि दिएको छ ।

शनिवार राष्ट्रपति हसन रुहानीले इरानी सेनाले ‘भुलवश’ युक्रेनी विमानलाई क्षेप्यास्त्र प्रहारबाट खसालेको स्वीकारेका थिए। उनले क्षेप्यास्त्र प्रहार एउटा ‘अक्षम्य गल्ती’ भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस्