News Portal

  • बलिउड नायक साहिद कपुर घाइते, अनुहारमा १२ टाँका लगाइयो

    ४०२ पटक

    काठमाडौँ । भारतीय सिने क्षेत्रका एक चर्चित नायक घाइते भएका छन् । बलिउडमा नायक साहिद कपुर फिल्मको छायांकनका क्रममा घाइते भएका हुन् । मोहालीमा क्रिकेट खेलिरहेको दृश्यको छायांकनका क्रममा साहिदको अनुहारमा गम्भिर चोट लागेको छ ।

    घाइते साहिदलाई उपचार गरिएको छ । उनको अनुहारमा १२ टाँका लगाइएको भारतीय मिडियाले बताएका छन् । साहिद फिल्मको छायांकन छाडेर केही दिन आराम गर्न मुम्बई फर्किएका छन् ।

    भारतीय मिडियाका अनुसार, साहिदको क्रिकेट खेल्ने क्रममा ओठमा चोट लागेको हो । साहिदले अब ४–५ दिन आराम गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्