News Portal

  • भारतीय एसएसबी जवानले ४५ मिनेटसम्म शिविरभित्र अन्धाधुन्धा गोली चलाए, कमाण्डरको भागाभाग

    ४५३ पटक

    काठमाडौं । सीमा अतिक्रमणको नेपालमा विरोध भइरहेको बेला भारतीय सुरक्षाकर्मीहरुले नेपाल–भारत सीमा क्षेत्रमा अन्धाधुन्धा गोली चलाएका छन् ।
    सीमा सुरक्षाको लागि तैनाथ एसएसबीले भारतको बिहार राज्यस्थित किशनगञ्जमा पर्ने दिघलबैंक थाना क्षेत्रअन्तर्गत पिल्टोला सीमा क्षेत्रमा चौकीभित्र एसएसबीका जवान अभय कुमारले धन्धाधुन्ध गोली चलाएका हुन् ।

    अभयले आफूसँग भएको इन्सास राइफलबाट ४५ मिनेटसम्म लगातार गोली चलाएका थिए । उनले २ सय राउण्डभन्दा बढि गोली चलाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । लगातार गोली चलाएपछि उक्त क्षेत्रमा तनाव भएको थियो ।

    पिल्टोला सीमा नजिकैको पोष्टमा ड्युटीमा रहेका बेला अभयले गोली चलाएको बताइएको छ । किशनगन्जका डीएसपी अजय कुमार झालाई उदृत गर्दै भारतीय संचारमाध्यमका अनुसार अभयको घर राजस्थान हो । उनले शिविर नजिकै इन्सास राइफलबाट गोली चलाएका हुन् ।

    शिविर नजिकैबाट गोलीबारी भएको आवाज सुनेपछि ठूलो संख्यामा गाउँलेहरू जम्मा भएको बताइएको छ । अभयले धन्धाधन्धा गोली चलाउनुको कारण सार्वजनिक भइसकेको छैन । उनले गोली चलाइरहेको बेला कमाण्डरको भने भागाभाग भएको बताइएको छ । घटनाका सम्बन्धमा एसएसबी र जिल्ला प्रहरीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ ।

    एसएसबीका कमाण्डन्ट सुभाषचन्द्र नेगीले अभयको मानसिक अवस्था ठिक नभएकोले गोली चलाएको हुन सक्ने बताए । दोषी पाएमा जवानलाई सजाय दिइने र उनलाई अर्धसैनिक बलबाट सदाका लागि हटाइने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्