दाङ । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले सडक डिभिजन कार्यालयका प्रमुखलाई कालोमोसो दलेका छन् ।
आइतबार विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सडक डिभिजन कार्यालय दाङका प्रमुख जीतेन्द्र चौधरीलाई कालोमोसो दलेका हुन् ।
प्रमुख चौधरीले दाङमा सडक निर्माणको काममा ढिलासुस्ती गरेको, निर्माणका काममा कमिसन माग्ने गरेकोले चेतावनी स्वरुप कालोमोसो दलेको नेकपाले जनाएको छ । दिउँसो चौधरीको कार्यकक्षमै गएर कालोमोसो दलेको बताइएको छ ।
- फाइल फोटो
