News Portal

  • बजार अनुगमनलाई तीब्र बनाउँछौंः मन्त्री भट्ट

    ३०७ पटक

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजार अनुगमनलाई तीब्र बनाउने बताएका छन् । उनले सरकारले यसवर्ष बजार अनुगमनलाई तीब्र बनाउने बताएका हुन् ।

    आइतबार भट्टले आयोजित पत्रकार सम्मेलनमा बोल्दै चालु आर्थिक वर्षभित्र काठमाडौंमा रहेका सबै पेट्रोल पम्पको अनुगमन गर्ने बताए । मन्त्रालयका भावी योजनाबारे जानकारी दिँदै मन्त्री भट्टले देशभर भइरहेको नदीजन्य सामग्रीको वैध र अवैध रुपमा भइरहेको दोहनबारे सरकारले अध्ययन गर्ने बताए ।

    पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले निर्माण सामग्रीका लागि नदीमा मात्र निर्भर रहँदा त्यसले उत्पन्न समस्या र दोहनबारे विस्तृत अध्ययन गर्न लागिएको जानकारी समेत दिए । नदीमा मात्र निर्भर रहेको निर्माण सामग्रीको आपूर्ति अब खानीतर्फ केन्द्रित गर्ने भट्टले जानकारी दिए ।

    निर्माण सामाग्री उत्खननमा नीजि क्षेत्रलाई सहभागी गराउन बोलपत्रको आह्वानको तयारी मन्त्रालयले गरेको छ । त्यसको लागि खानी विभागले पहिचान गरेका १४ जिल्लाका ९१ स्थानमा सुरु गर्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्