News Portal

  • जाजरकोटका रामबहादुरले भक्तपुरमा अन्धाधन्धा खुर्पा प्रहार गरे, प्रहरी हवल्दारसहित चारजना घाइते 

    ५४० पटक

    भक्तपुर । जाजरकोटका रामबहादुर बिकले भक्तपुरमा अन्धाधुन्धा खुर्पा प्रहार गरेका छन् । भक्तपुर नगरपालिका-१० मा बिकले शनिबार साँझ सडकमा अन्धाधुन्धा  खुर्पा प्रहार गर्दा एक प्रहरी हवल्दारसहित चारजना घाइते भएका छन् ।

    प्रहरीका अनुसार बिकको स्थायी घर जाजरकोटको नलगाढ नगरपालिका-१ हो । २० वर्षीय बिकको प्रहारबाट ओखलढुङ्गाकाे चम्पादेवी गाउँपालिका-१० घर भइ भक्तपुर नगरपालिका-१० काे कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र ४५ वर्षीया राजमती ज्याकी बन्जार घाइते भएका छन् ।

    त्यसैगरी महानगरीय प्रहरी प्रभाग व्यासीमा कार्यरत प्रहरी हवलदार जितेन्द्र प्रसाद यादव र प्रहरी जवान टोल बहादुर श्रेष्ठ पनि घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले जानकारी दिनुभयो ।

    प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पञ्चलाल गोलेका अनुसार खुर्पा प्रहार गरेर भाग्दै गरेका विकलाई दोकोचामा प्रहरीले नियन्त्रणमा लिने क्रममा खुर्पा प्रहार गर्दा बा २ झ १८५ नम्बरको प्रहरीको सीआरभी भ्यानको सिसा फुट्नुको साथै सञ्चार बेस सेटमा समेत क्षति पुगेको छ ।

    घाइते भएकी थापाको मध्यपुर अस्पतालबाट थप उपचारको लागि छाउनीकाे नेपाली सेनाको अस्पतालमा रिफर गरी उपचार भइरहेको छ भने ज्याकी बन्जारको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्