News Portal

  • अनुदान दिएर भक्त दलाल बनाई नेपालमा सैन्य अखडा राख्न अमेरिकाले एमसीसी ल्याएको होः पोखरेल

    २९२ पटक

    काठमाडौँ । (नेकपा)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले अमेरिकाले अनुदान रकम दिएर नेपाललाई भक्त दलाल बनाउने उद्देश्यले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अबधारणा ल्याएको बताएका छन् । अमेरिकाले एमसीसी इन्डो प्यासिफिक रणनीतिकै अंग भएको बताइसक्दा पनि नेपालका केही नेताहरुले अलग हो भन्न नछोडेको भन्दै पोखरेलले आश्चार्य व्यक्त गरे । उनले अमेरिकाको नीतिको व्याख्य नेपाल र नेपालीका नेताहरुलाई अधिकार नभएको बताए ।

    नेता पोखरेलले आफ्नो पार्टीमा एमसीसीबारे बहस भएको तर पास गर्ने निर्णय नर्भको जानकारी दिँदै अहिलेकै अवस्थामा पास नहुने बताए । इन्डो प्यासिफिक सैन्य रणनीति भएको बताउँदै अमेरिकाले एमसीसीलाई उसैको अंग बताइसकेकोले यसमा बहस गर्न आवश्यक नभएको बताए । एमसीसीलाई गौरवको आयोजना भनिएकोप्रति आपत्ति जनाउँदै नेपालको लागि के गौरवको आयोजना हुन्छ भन्ने अमेरिकाले नभएको पोखरेलले बताए ।

    “अमेरिकाले स्पष्टसँग एमसीसी इन्डो प्यासिफिक रणनीतिकै अंग भनिसकेको छ । तर हाम्रा केही मान्छेहरुले होइन भनिरहेका छन् । अमेरिकाको पोलिसी नेपालीले व्यख्या गर्न होइन र अधिकार छैन, त्यो अमेरिकाले नै हो” पोखरेलले भने । अमेरिकाले गरेको व्याख्यअनुसार नेपाललाई अन्तर्राष्ट्रिय सैनिक गठबन्धमा सहभागी गराउने योजनाका साथ एमसीसी ल्याइएको पोखरेलको दाबी छ ।

    नेपाललाई खाडी देशहरुजस्तै युद्ध मैदान बनाउने भन्दै एमसीसी खारेज गर्नुपर्नेमा पोखरेलले जोड दिए ।

    प्रतिकृया दिनुहोस्