News Portal

  • प्रेस सेन्टर नेपाल प्रदेश तीनको भेला सम्पन्न, अध्यक्षमा सुमन वाङदेल

    २६३ पटक

    काठमाडौं । प्रेस सेन्टर नेपाल प्रदेश तीनको आयोजनामा काठमाडौंमा ‘पत्रकारिता तालिम तथा प्रदेश भेला’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । भेलाबाट पत्रकार सुमन वाङदेलको अध्यक्षतामा २५ सदस्यीय प्रदेश कमिटि निर्वाचित भएको छ ।

    नवनिर्वाचित कमिटीको सचिवमा अरुणा महर्जन, सदस्यहरुमा गोविन्दराज नाथ, शर्मिला तामाङ, शान्ति नाछिरिङ, सुनिल बानियाँ, सुनिल कुँवर, सरिता गुरुङ, सुदिप जेरुङ, इन्द्र कुमार राई, अर्जुन बिष्ट, बिष्णु विश्वकर्मा, विशाल अधिकारी, सुवास बिष्ट, धौलाधन राई कान्छालगायत रहेका छन् ।

    कार्यक्रम पत्रकार सुमन वाङ्देलको सभापतित्व र नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पत्रकारका फ्याक्सन इन्चार्ज रंगनाथ ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको विशेष आतिथ्यता तथा नेपाल पत्रकार महासंघ र अन्य पत्रकार सम्बद्ध संघ संगठनका नेताहरुको समेत आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष ढकालले मिडियाहरु वर्गीय हुने भएकाले जनपत्रकारहरुले जनताको पक्षमा समाचार लेख्नुपर्नेमा जोड दिएका थिए । उनले पत्रकारलाई राज्यको पहिलो अंगको रुपमा नबुझ्दासम्म त्यसलाई सम्मानीत बनाउन नसकिने तर्क समेत गरे ।

    माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य अरुण घिसिङले भेलामा शुभकामना मन्तव्य राख्दै जनपक्षिय पत्रकारीताका माध्यमबाट सामाजिक व्यवस्था रुपान्तरणको प्रकृयामा महत्वपूर्ण भूमिका खेल्न सकिने विश्वास व्यक्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रको प्रदेश तीनका अध्यक्ष पाशाङ मोक्तानले प्रेस सेनटर नेपालमा जनताको पक्षमा कलम चलाउने जुझारु नेतृत्व चयनहोस भन्दै शुभकामना दिएका थिए ।

    त्यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले सहभागी पत्रकारहरुलाई पत्रकारको हक, हित र अधिकारको पक्षमा लाग्नु सुझाव दिए । क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष समेत रहेका जैसीले पत्रकारको अधिकार विरोधी नीति निर्णयको विरोध गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सबै जनपक्षीय पत्रकारहरु एक भएर संघर्षमा जानुपर्नेमा जोड दिए । उनले पत्रकार महासंघले पछिल्लो चरणमा राज्यले ल्यएको काउन्सिल विधेयकको विरोधमा कार्यक्रम गरेको भएपनि अहिले सम्म त्यसका लागि संघर्षको जरुरी भएको तर्क गरे । उनले महासंघमा त्यो विषयमा आफुले पटक पटक कुराहरु उठाउँदै आएको समेत बताए ,

    त्यसैगरी कार्यक्रममा पत्रकार अनिल अधिकारीले पत्रकारिता क्षेत्रका चुनौती, सम्भावना र समस्याबारे, पत्रकार दिपक शर्माले पत्रकारिता क्षेत्रको अवस्था र भूमिकाबारे, वेभ डिजाइनर तथा पत्रकार विशाल अधिकारीले पत्रकाररितामा डिजिटल प्रविधिबारे विषयमा सहभागीहरुलाई प्रशिक्षित गरेका थिए ।

    संगठनका अध्यक्ष जैसीले पत्रकार समाजको आँखा भएकाले समाजलाई सही दिशा देखाउका लागि जनपत्रकारको कमल चल्नुपर्ने बताए । उनले राज्यले पछिल्लो चरणमा ल्याएका विभिन्न विधेयक, ऐन, कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच पुर्याएको भन्दै त्यसका विरुद्ध संगठीत संघर्षको आवश्यकता रहेको बताए ।

    कार्यक्रम मध्यवानेश्व स्थित रत्नराज्य स्कुलको पुस्तकालयको हलमा भएको थियो । कार्यक्रममा ठूलो संख्यामा विभिन्न सञ्चारमाध्यमहरुमा काम गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।

    भेलापछि नव निर्वाचित कमिटिको पहिलो बैठक बसेको र त्यसले पत्रकारहरुको हक, हित र अधिकारको पक्षमा संगठित संघर्ष गर्ने निर्णय गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्