News Portal

  • अवैध सम्बन्धपछि आफ्नै बुवाको हत्या

    १८१ पटक

    भोजपुर । कान्छी आमासँगको अवैध सम्बन्ध लुकाउन छोराले आफ्नै बुवाको हत्या गरेको अभियोगमा, प्रहरीले श्रीमती र छोरालाई पक्राउ गरेको छ ।

    शुक्रबार पत्रकार सम्मेलन गरी ८८ वर्षिय दलबहादुरको हत्यामा संलग्न राईकै कान्छी श्रीमती ५६ वर्षिय कर्णशोभा राई र छोरा ६५ वर्षिय हरीबहादुर राईलाई सार्वजनिक गरेको हो ।

    गत असोज २५ गते दसैंको टिका थापेर श्रीमतीसँगै घर फर्किने क्रममा बेपत्ता दलबहादुरको गत मंसिर १ गते आम्त्तेककै अड्डेडाँडा छेउको सोहन खोलामा कङकाल फेला परेको थियो ।

    अभियुक्तहरु हरीबहादुर र कर्णशोभा राईबीच अनैतिक सम्बन्ध भएकाले पूर्व योजना अनुसार हरीबहादुरले बुवाकोे घाँटि थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिए ।

    सोहि घटनामा संलग्न २८ वर्षिय सन्तोष विक र २१ वर्षिय नारायण विकलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुले घटना स्थलबाट करिब ३ घण्टाको पैदलमा शवलाई डोकोमा बोकेर खोलासम्म लगेर फाल्नका लागि सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  उनीहरुलाई अभियुक्त हरीबहादुरले ५ हजार दिएर शव फाल्न लगाएका थिए ।

    प्रतिकृया दिनुहोस्