News Portal

  • सुत्केरीको निधनपछि नेपाल मेडिकल कलेजमा तनाव

    ४३८ पटक

    काठमाडौं । जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको उपचारको क्रममा निधन भएको छ ।

    उनको निधनपछि अस्पतालमा आफन्तले तोडफोड गरेका छन् । चिकित्सकको लापरवाहीका कारण सुत्केरीको निधन भएको आरोप लगाउँदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

    आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । भोजपुर षडानन्द नगरपालिका ८ की सुनिता राईले २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन् । नवजात शिशु स्वस्थ रहे पनि सुत्केरीका क्रममा सुनिताको निधन भएपछि आफन्तले चिकित्सकले लापर बाही गरेको आरोप लगाएका हुन् ।

    मृतककी आफन्त कला राईका अनुसार सुत्केरी गराउने क्रममा भ्याकुमले बच्चा तान्दा ला पर बाही भएको दावी गरिन् । भ्याकुमले सुत्केरीको पाठेघरसमेत तानेर चुँडाइ दिएको उनले आरोप लगाइन् । आफन्तहरुले घटनाको छानबिन गरी लापरवाही गर्ने चिकित्सकलाई कार वाही गर्नुपर्ने माग गरेका छन् ।

    आफन्तले अस्पताल प्रशासनलाई सत्यतथ्य बाहिर ल्याउन भन्दै नाराबाजी समेत गरेका छन् । तर प्रशासनका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । अस्पतालमा तोडफोड भएपछि प्रहरीले सुरक्षा दिइरहेको छ ।

    प्रतिकृया दिनुहोस्