News Portal

  • एक्स्काभेटर बोकेको टेलर पल्टिँदा सह-चालकको मृत्यु

    १४० पटक

    धनकुटा । एसपीमोडमा शनिबार बिहान एक्स्काभेटर बोकेको टेलर पल्टिँदा सह-चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    एक्स्काभेटर बोकेर भेडेटारबाट राजारानी हुँदै बुधबारेतर्फ जाँदै गरेको ना.७ ख.७९१७ नं.को टेलर सडकमा पल्टिँदा त्यसैले थिचेर सह-चालक ३० वर्षिय राजकुमार राईको मृत्यु भएको हो ।

    ज्यान गुमाएका राईको ठेगाना खुल्न सकेको छैन । कच्ची सडकमा घुम्ती मोड्ने क्रममा टेलर अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

    सडकमा टेलर पल्टिएपछि ६ नम्बर बुधबारे, राजारानी, भेडेटार सडक एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छन् । अहिले गाडी हटाएर पूर्णरुपमा सडक खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ ।

    घटनापछि गाडी चालक संखुवासभाको धर्मदेवी नगरपालिका-९ का ३१ वर्षिय बिन्दुराज महतलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ भने मृतक राईको शव पोष्टमार्टमको लागि धनकुटा ल्याइएको छ ।

    प्रतिकृया दिनुहोस्