News Portal

  • नाम र राजधानीको प्रस्ताव प्रदेश ३ को प्रदेशसभामा पेश हुँदै

    १५२ पटक

    काठमाडौं । प्रदेश ३ को राजधानी र नामका विषयमा प्रदेशसभामा आज (शनिबार) प्रस्ताव पेश हुने भएको छ ।

    सुचना निकालेर शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रदेशको राजधानी र नामाकरणबारे प्रस्ताव दर्ता गर्न समय दिइएको थियो ।

    दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा राजधानी र नामको प्रस्ताव पेश गर्ने र आइतबार प्रस्तावमाथि मतदान गर्ने तयारी रहेको सभामुख श्रेष्ठले जानकारी दिए ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको, प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम वागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि यो प्रस्ताव पारित हुने लगभग निश्चित जस्तै छ ।

    संसदमा प्रस्ताव दर्ता गराउँदा वागमती र हेटौंडाको एकमात्र प्रस्ताव दर्ता गराउने निर्णय भएको नेकपा प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुयालले बताउनुभयो । अरु दलले अरु प्रस्ताव गरेको खण्डमा मतदान हुनेछ ।

    प्रस्ताव पारित हुन प्रदेशसभाको दुर्इ तिहाइ बहुमत आवश्यक पर्छ । यसैबीच समाजवादी पार्टीले प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा हुन नहुने भन्दै काठमाडौंको शान्तिवाटिकामा शनिबार विरोध प्रदर्शन गर्ने भएको छ ।

    प्रतिकृया दिनुहोस्