News Portal

  • टिपरले किचेर दिलिपको बिभत्स हत्या, हत्या आरोपमा क्रसर मालिक पक्राउ

    २१९ पटक

    काठमाडौं । खोला उत्खननको विरोध गर्ने दिलिपलाई टिपरले किचेर हत्या गरिएको आरोपमा क्रसर मालिक पक्राउ परेका छन् ।

    आज (शनिवार) विहानै क्रसर संचालक विपिन कुमार महतो पक्राउ परेका हुन् । शुक्रवार बिहानै मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षिय दिलिप महतोलाई ना.७ ख.६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको भन्दै स्थानीय आन्दोलित छन् ।

    उक्त क्षेत्रमा क्रसर संचालन गर्दै आएका चुरियामाई बालुवा प्रशोधन केन्द्रका संचालक विपिन कुमार महतोले नै नियोजितरुपमा हत्या गरेको स्थानीयको आरोपपछि प्रहरीले उनलाई पक्राउ गरेको गरेको छ ।

    अभियुक्तलाई पक्राउ गरेपनि मृतक दिलिपका परिवार र स्थानीय समेत प्रहरीप्रति सकारात्मक हुन सकेका छैनन् । बिना मुचुल्का शव उठाएर पोस्ट मार्टमका लागि लगिएपछि स्थानीय प्रहरी र वडाध्यक्षप्रति पनि स्थानीय आक्रोसित छन् ।

    चुरियामाई बालुवा प्रशोधन केन्द्रका सञ्चालक विपिन महतोसहित स्थानीय प्रशासन र वडाध्यक्षसहितको हत्यामा संलग्नता रहेको परिवारजनले आरोप लगाउँदै आएका छन् । जसका कारण शवको पोस्ट मार्टमसमेत हुन सकेको छैन ।

    मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षिय दिलिप पढेलेखेका सचेत युवा थिए । भारतस्थित एक कलेजमा मेकानिकल इञ्जिनियरिङ्ग अध्ययनरत उनी अन्तिम सेमेस्टरका विद्यार्थी थिए ।

    परिवारको भरोसाको रुपमा रहेका उनी समाजमा व्याप्त अन्याय, अत्याचार र थिचोमिचोका विरुद्ध बोल्न अघि सर्ने स्वभावका रहेका उनका आफन्तहरुले बताउ छन् ।

    दिलिपको घर नजिकै रहेको खोलामा उत्खनन भइरहेको थियो । उनले पटकपटक त्यसको बिरोध गर्दै आइरहेका थिए । सचेत युवाको भूमिका निभाउदै खोला उत्खननको बिरोध गर्दै आइरहेका उनी रोडाबालुवा माफियाको निसानामा रहेका थिए ।

    कलेज बिदामा घर आएका उनी क्रसर माफियाको आखाँको कसिंगर बने । दिलिपकी बहिनीले भक्तपुरपोस्टलाई बताए अनुसार क्रसर माफियाले बीचमा आए ढालिदिने पटक पटक धम्की दिंदै आए पनि उनी पछि हटेका थिएनन ।

    उल्टै गाउलेलाई संगठित गर्दै खोला दोहनको विरुद्धमा आवाज उठाइरहेका थिए । शुक्रवार मर्निङवाक गएका समयमा महतोको टिपरले किचेर ज्यान गएको प्रहरीको भनाइ छ ।

    तर स्थानीय र दिलिपका परिवारजन यो मान्न तयार छैनन् । दिलिपकी बहिनी लक्ष्मीले बताए अनुसार साथि प्रकाश यादवले खोलामा अवैध उत्खनन भैरहेको खबर गरेपछि दिलीप बिहान ४ बजे घरबाट खोला तर्फ गएका थिए ।

    उनी घरबाट निस्केको २० मिनेटमै उनको हत्या भएको खबर गाउँ भर फैलिएको थियो । टिपरले किचेर दिलिपको बिभत्स हत्या गरिएको स्थानीयको आरोप छ । स्थानीयले हत्यारालाई कारवाहीको माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस्