News Portal

  • बाल सञ्जालका पूर्वअध्यक्ष ठगी आरोपमा पक्राउ

    ३०२ पटक

    उदयपुर । केन्द्रीय बाल सञ्जालका निवर्तमान अध्यक्ष सुरेश गुप्ता ठगी आरोपमा पक्राउ परेका छन् ।

    प्रहरीले उनीसहित अर्का एक जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर मुद्धामा मंसिर १९ गते पक्राउ परी प्रहरी हिरासत रहेका अञ्चु शेर्पालाई छुटाइ दिने भन्दै उनका अभिभावकलाई ललाई फकाई विश्वास दिलाएर पैसा ठगी गरेको आरोपमा गुप्ता र रुपेश दनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

    ३४ वर्षिय गुप्ता त्रियुगा नगरपालिका १२ पुरानो गाईघाट र २४ वर्षिय दनुवार त्रियुगा नगरपालिका ८ राजाबासका हुन् । गुप्ता त्रियुगा नगर युवा संजालका अध्यक्ष हुन भने दनुवार त्रियुगा नगर युवा संजालका सचिव हुन् ।

    गत मंसिर १९ गते लागूऔषधसहित पक्राउ परेका शेर्पालाई छुटाइ दिने र त्यसबापत एक लाख लाग्ने भन्दै अभिभावकलाई प्रलोभनमा पारी १० हजार पेश्की लिएका थिए ।

    पेश्की बापत रकम लिए पनि शेर्पा हिरासतमा रही जिल्ला प्रशासन कार्यालय उदयपुरमा मुद्धा चालु अवस्थामै रहने गरी ५० हजार धरौटीमा छोड्ने आदेश भएपछि गुप्ता र दनुवारको कर्तुत बाहिर आएको हो । प्रहरी हिरासतबाट छोरा नछुटेपछि अभिभावकले पैसा फिर्ता माग्दा पैसा छुटाउनेलाई दिइसकेको भन्दै आनाकानी गरेपछि प्रहरीमा उजुरी परेको थियो ।

    गुप्ता र दनुवारसँग पैसा माग्दा पैसा हामीसँग छैन हामीले तपाइँको छोरा छुटाउन एसपीलाई ५ हजार र सिडिओलाई ५ हजार दिएको बताउँदै पन्छिन थालेपछि आएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    आरोपितहरुलाई ५ दिन थुनामा राखेर अनुसन्धानका लागि जिल्ला अदालतले म्याद थप गरेको छ ।

    प्रतिकृया दिनुहोस्