News Portal

  • फाइनान्सको कर्मचारीबाट ५ लाख लुटियो

    २२० पटक

    महोत्तरी । भङ्गाहा नगरपालिका-६ मदनपट्टिमा शुक्रबार साँझ २ जनाले एक कर्मचारीका साथबाट ५ लाख लुटेका छन् ।

    बर्दिवासस्थित फरवार्ड कम्युनिटी फाइनान्स कम्पनीमा कार्यरत सविता चौधरीलाई मोटरसाइकलमा पिछा गरेका उनीहरुले ५ लाख नगद र कागजातसहितको झोला खोसेर फरार भएको प्रहरीले जनाएको छ ।

    भङ्गाहा-६ र ७ का ७० बचतकर्ता र ऋणीबाट संकलित रकम लिएर बर्दिवासतर्फ स्कुटीमा फर्किरहेकी उनलाई मोटरसाइकल चढेर पिछा गरेका २ पुरुषले पेस्तोल देखाएर झोला खोसेका थिए ।

    उनी को २८ प ६९ नं को स्कुटर चढे पनि लुटेराले प्रयोग गरेका मोटरसाइकलबारे थाहा हुन सकेको छैन । पीडितको भनाइका आधारमा घटनास्थलमा अनुसन्धान थालिएको छ । घटना साँझ ५ बजे आसपासमा भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्