News Portal

ए डिभिजन लिग फुटबलमा आर्मीको शीर्ष स्थान, मनाङ्ग र मच्छिन्द्र दवावमा

२९० पटक

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल आजदेखि छैटौं चरणमा प्रवेश गरेको छ ।

छैटौं चरणका खेलहरु दशरथ रङ्गशालामा हुँदै छन् । मध्यान्ह १२ बजे मच्छिन्द्र क्लबले जावलाखेल युथ क्लबसंग तथा दिउँसो ३ बजे मनाङ्ग मस्र्याङ्दी क्लबले हिमालयन शेर्पा क्लबसँग खेल्ने छ । साविक विजेता मनाङ्ग र मच्छिन्द्र दवावमा छन् ।

दुवै टीमबीच गत सोमबार भएको खेलमा खेलाडीहरुबीच हानाहान भएपछि अखिल नेपाल फुटबल संघ एन्फाको अनुशासन समितिले दुवै क्लबका ३-३ खेलाडीलाई कार्वाही गर्दा दवावमा परेका हुन् ।

मनाङ्गका जगजीत श्रेष्ठलाई १० हजार रुपैयाँसहित ५ खेल, अशोक बराललाई १० हजार रुपैयाँसहित ६ खेल तथा रञ्जन विष्टलाई २ खेलमा प्रतिवन्ध लगाइएको छ ।

त्यस्तै मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ्ग र विजय धिमाललाई समान २ खेलमा प्रतिवन्ध लगाइएको छ । पाँचौं चरणको समाप्तिसम्म त्रिभुवन आर्मी क्लब १२ अंकसहित शीर्ष स्थानमा छ ।

११ अंकको मनाङ्ग दोस्रो, समान १० अंकबाट मच्छिन्द्र र थ्रीस्टार क्लब क्रमश : तेस्रो र चौथो स्थानमा छन् । पाँचौं स्थानको जावलाखेलको ९ तथा छैटौं स्थानको नेपाल पुलिस क्लबको ८ अंक छ ।

प्रतिकृया दिनुहोस्