News Portal

  • ५० यात्रु बोकेको बसमा आगो लाग्दा २० यात्रुको जलेर मृत्यु, दर्जनबढी घाइते

    २२५ पटक

    काठमाडौं । बसमा आगलागी हुँदा सवार २० यात्रुको जलेर मृत्यु भएको छ । बस ट्रकसँग ठोक्किएको थियो । यो घटना भारत उत्तरप्रदेशको कन्नौजको हो ।
    स्थानीय प्रहरीका अनुसार जलिरहेको बसबाट २१ जना यात्रुलाई उद्दार गरिएको छ । केहीले हाम फालेर ज्यान जोगाए । उद्धार गरिएका र हाम फालेर बाचेका धेरै घाइते भएको पनि बताइएको छ ।

    भारतीय संचारमाध्यमहरुका अनुसार ५० जना यात्रु लिएर र ट्रक कन्नौजको छिबरामउ जीटी रोडस्थित घिलोई गाउँमा एकआपसमा ठोक्किएका थिए । ट्रकमा पनि आगलागी भएको छ । भारतीय संचारमाध्यमहरुले प्रसारण गरेको भिडियोमा मानिसहरु चिच्चाइरहेका छन् । भागेर बाच्न सफल भएकाहरुले आफ्ना आफन्तलाई बोलाइरहेका छन् ।

    घटना लगत्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले मृतकका परिवारलाई दुई-दुई लाख र घाइतेहरुलाई ५० हजार भारु राहत दिने घोषणासमेत गरेको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्