News Portal

  • इराकबाट ३० नेपाली फर्किए, काठमाडौँ पुगेर भन्छन्– अमेरिकालाई खतरा छ

    ३९८ पटक

    काठमाडौं । इराकबाट नेपाली कामदारहरु फर्किन थालेका छन् । सुरक्षा खतरा बढेपछि बग्दादस्थित अमेरिकी दूतावास परिसरकिभत्र कार्यरत ३० नेपाली स्वदेश फिर्ता भएका हुन् ।

    दिनदिनै झन् अमेरिकी दूतावास र कम्पनीमाथि सुरक्षा खतरा बढ्दै गएपछि उनीहरुलाई फर्काइएको हो । अमेरिकी दूतावास ग्रिज जोनभित्र भएपनि इरानी र इराकी विद्रोहीबाट सुरक्षा खतरा बढेको फर्किनेहरुले सुनाए ।

    काठमाडौँ पुगेका सर्लाहीको तिलक परियारले अनुभव सुनाउँदै भने, “इराकमा रहेका अमेरिकी सैन्य क्याम्प र दूतावासमा सुरक्षा खतरा बढ्दै गएको छ । इरानमात्र नभएर इराकी विद्रोहीले निशाना बनाएका छन् । दिनिदिनै सुरक्षा खतरा बढ्दै गएपछि हामीलाई फर्काइयो” परियारले भने । उनका अनुसार कामदार सप्लाई गर्ने कम्पनीले पहिलो चरणमा ३० नेपाली फर्काएको छ ।

    इरानले गरेको क्षेप्यास्त्र हमलाको आवाज ठूलो आएको तर आफूहरुलाई क्षतिबारे कुनै जानकारी नदिइएको बताए । उनका सैनिक क्याम्पका काम गर्ने साथीले एकै पटक ठूलो विस्फोटको आवाज आएको थियो कि यति ठूलो आवाज मैले त्यहाँ सुनेको बताएका थिए । उक्त हमलाबाट अमेरिकी सैन्य कम्याम्पमा क्षति भएको तर कसैलाई जानकारी नदिएको बताए ।

    प्रतिकृया दिनुहोस्