News Portal

  • युवकको शव फेला

    १६४ पटक

    काठमाडौं । वीरगञ्ज महानगरपालिका १५ भिस्वा टोलमा शुक्रबार एक युवकको शव फेला परेको छ ।

    भिस्वाबाट नेशनल मेडिकल जाने बाटोको छेउमा खाली जग्गामा शव फेला परेको हो । जमेको पानीमा डुबेको अवस्थामा अन्दाजी २५ वर्षिय युवकको शव फेला परेको हो ।

    मधेसी मुलको जस्तो देखिने मृतक युवकको पहिचान खुल्न सकेको छैन । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ र घटनाबारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्