
काठमाडौं । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
घिरिङ गाउँपालिका-३ थानीमाईमा ग १ ख ६१७५ नं.को बस दुर्घटना हुँदा तनहुँ घिरिङ गाउँपालिका १ की २० वर्षिय मुना थापा रहेकी जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
दुर्घटनामा १७ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस आज बिहान सवा १० बजे दुर्घटना भएको हो ।
बस सडकबाट करिब ५० मिटर तल खसेकोे छ । दुर्घटनामा घाइते भएको सबैलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
