News Portal

  • ट्रिपरले किचेर युवकको हत्या गरेको स्थानियको दाबी, प्रहरीद्वारा १० राउण्ड अश्रुग्याँस प्रहार

    १४२ पटक

    धनुषा । ट्रिपरले किचेर एक युवकको हत्या गरिएको विरोधमा आन्दोलन चर्केपछि प्रहरीले १० राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

    मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षिय दिलीपकुमार महतोको ट्रिपरले ठक्कर दिँदा मृत्यु भएपछि प्रदर्शनले उग्ररुप लिएको हो ।

    शुक्रबार बिहान छिमेकी साथी रोशन यादवसँग मर्निङवाक गएका बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नं.को ट्रिपरले ठक्कर दिँदा महतोको मृत्यु भएको थियो ।

    प्रहरी अधिकारी र स्थानीय प्रत्यक्षदर्शीले लामो समयदेखि उत्खननको विरोध गर्दै आएका महतोको नियोजित रुपमा हत्या गरिएको बताएका छन् ।
    उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगतै प्रहरी पुगेर शव बरामद गरेको छ । ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीले घटनास्थलमा मुचुल्का नउठाइ र परिवारका सदस्यलाई हेर्नसमेत नदिइ शव घटनास्थलबाट उठाएर अस्पताल लगेकाले घट्नाप्रति परिवारले आशंका व्यक्त गरेका छन् ।

    क्रसर उद्योगीले मृतकका बुवालाई छोरालाई क्रसर उद्योगको विरोध नगर्न भनी सम्झाउन दबाब दिएको परिवारका सदस्यले दाबी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्