News Portal

  • जग्गा विवादले सडक फराकिलो र कालोपत्रे गर्ने काम रोकियो

    ८३ पटक

    उदयपुर । सदरमुकाम गाईघाटमा सडक फराकिलो र कालोपत्रे गर्ने कार्य रोकिएको छ ।

    मदन भण्डारी लोकमार्ग अन्तर्गत निर्माणाधिन सडकको उदयपुरको गाईघाट बजार क्षेत्रमा जग्गा विवादका कारण निर्माण कार्य रोकिएको छ ।

    धरान-चतरा-गाईघाट-भिमान सडकखण्डको अन्यत्र ११ मिटर पिच भए पनि सदरमुकाममा १४ मिटर पिच र दुवैतर्फ २-२ मिटर नालासहित १८ मिटर फराकिलो बनाउने प्राविधिक ईस्टिमेटमा नगरपालिकाले बजार क्षेत्रमा २५ मिटर चौडा गर्ने निर्णय गरी सूचना प्रकाशन गरेपछि जग्गाधनीबीच विवाद बढेको हो ।

    पछिल्लो समय जग्गाधनी, आयोजना र नगरपालिकाबीच २० मिटर चौडा गर्ने सहमति भएपनि बरुवा पुल पश्चिमदेखि करिब १ सय ५० मिटर पुरानो गाईघाट पिजी चोकसम्म जग्गा धनीबीच विवाद बढेको हो ।

    प्रतिकृया दिनुहोस्