News Portal

  • आज राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन हुँदै, उम्मेदवारलाई चुनाव चिन्ह पनि आजै

    ३४४ पटक

    काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम नामावली आज प्रकाशन गर्दै छ ।

    आयोगको पूर्वनिर्धारित तालिका अनुसार मनोनयन पत्र दर्ता गराएका उम्मेदवारका लागि नाम फिर्ता लिन हिजो अपरान्ह ४ बजेसम्मको समय निर्धारण गरेको थियो । तर कसैले पनि नाम फिर्ता नलिएको आयोगले जनाएको छ ।

    निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजे देखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र दिनको १ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान हुने छ । नेपालको संविधान अनुसार राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ ।

    संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक २ वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँन लागेको हो ।

    संविधान निर्माणपछि बनेको पहिलो राष्ट्रिय सभाको कार्यकाल भने गोलाप्रथाद्वारा २ वर्ष, ४ वर्ष र ६ वर्ष निर्धारण गरिएको छ । स्थायी सदनका रूपमा परिकल्पना गरिएको राष्ट्रिय सभा ५९ सदस्यीय रहन्छ ।

    प्रतिकृया दिनुहोस्