काठमाडौं । नेपाल प्रहरीले ३ किलोग्राम नक्कली सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले सुनसहित भारतीय नागरिक मोहनलाल गुजरातीलाई बिहान गोङ्गबु नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेको अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए ।
गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान गरीरहेको प्रहरीले जानकारी दिएको छ ।
