News Portal

अवैध उत्खननको विरोध गर्दा ट्रिपरको ठक्कर, नियोजित हत्या आरोप लगाउँदै स्थानीयको विरोध

९७ पटक

धनुषा । ट्रिपरको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

धनुषाको मिथिला नगरपालिका वडा नं.५ श्रीपुरका ओमप्रकाश भनिने २४ वर्षिय दिलीपकुमार महतोको ट्रिपरको ठक्करबाट ज्यान गएको हो ।

स्थानीयवासीले भने महतोको नियोजित रुपमा हत्या भएको भन्दै प्रदर्शन गरेका छन् । उनीहरुका अनुसार मृतक महतो अवैध रुपमा नदीजन्य पदार्थ उत्खननको विरोध गर्दै आएका थिए ।

त्यसैको रिसमा उनलाई नियोजित हत्या भएको आरोप लगाउँदै स्थानीयहरु विरोध प्रदर्शनमा उत्रीएका हुन् । घटनाको विरोधमा मिथला नगरपालिकाको श्रीपुर स्थित रामलक्ष्मण चोकमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

आज बिहान साँढे ४ बजे मर्निङवाकमा रहेका महतोलाई ट्रिपरले ठक्कर दिएको थियो । ठक्कर दिने ना ७ ख ६४१३ नं.को ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको शव पोष्टमार्टमका लागि जनकपुर राखिएको छ ।

प्रतिकृया दिनुहोस्