News Portal

  • अमेरिका झुक्यो, इरानसँग बिना शर्त वार्ता गर्न तयार

    २७६ पटक

    काठमाडौँ । युद्धको अवस्थामा पुगेको अमेरिकाले इरानसँग वार्ता गर्न तयार रहेको बताएको छ । इरानले राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाको मूल्य र सेनालाई आतंककारी घोषणा गर्दै क्षेप्यास्त्र हमला गरेपछि अमेरिका वार्ताको लागि तयार भएको हो ।

    इरानले आफ्ना सैनिक कमाण्डर कासिम सुलेमानीको बदला लिन भन्दै इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा २१ वटा मिसाइल हमला गरेको थियो । त्यसैगरी अमेरिका फेरि अगाडि बढे उसका सहयोगी देशहरु इजरायल र दुबै बम हानेर ध्वस्त पारिदिने इरानले धम्की समेत दिएको थियो ।

    इरानको हमलापछि युद्धको घोषणा हुने अनुमान गरिएको बेला अमेरिकी राष्ट्रपति ट्रम्पले इराकमा आफ्नो सैन्य शिविरमा भएको क्षतिलाई लुकाउँदै पत्रकार सम्मेलन गरेका थिए । हमलाबाट ८० अमेरिकी सेनाको मृत्यु भएको इरानले दाबी गरेको थियो ।

    यसैबीच अमेरिकाले संयुक्त राष्ट्रसंघलाई पत्र लेख्दै इरानसँग बिना शर्त बार्ता गर्न तयार जनाएको छ । अमेरिकी दूत केली क्राफ्टले राष्ट्रसंघलाई लेखेको पत्रमा इरानका वरिष्ठ सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दावी पनि गरिएको छ ।

    राष्ट्रसंघको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा क्राफ्टले अमेरिका अन्तराष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउन र इरानको कारण बढ्न सक्ने तनाव रोक्न रहेको पनि उल्लेख गरेकी छिन् । सुलेमानीको हत्या राष्ट्रसंघ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क अमेरिकाले गरेको छ ।

    त्यसैगरी इरानले पनि राष्ट्रसंघलाई पत्र लेख्दै सुलेमानीको हत्याको बदला लिन इराकको राजधानी बग्दाद नजिक रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । उसले पनि अमेरिकाले थप हमला गरे त्यसको जवाफ दिने बताएको छ । इरानले पनि धारा १५ कै आधारमा सो आक्रमण आफ्नो रक्षार्थ गरेको राष्ट्रसंघलाई जानकारी गराएको छ । इरानी दूत माजिद तख्तले पनि तेहरानले युद्ध नचाहेको बताएका हुन् ।

    प्रतिकृया दिनुहोस्