News Portal

भोलि शुक्रबार चन्द्र ग्रहण लाग्दै

६३५ पटक

काठमाडौं । भोलि शुक्रबार पुस २५ गते सन् २०२० कै पहिलो ग्रहण चन्द्र ग्रहण लाग्दैछ ।

२०२० मा ४ वटा चन्द्र ग्रहणहरु लाग्दै छन् । जसमध्ये शुक्रबार लाग्ने ग्रहण पहिलो हो । शुक्रबार लाग्ने चन्द्र ग्रहण राति १० बजेर ५२ मिनेटदेखि प्रारम्भ भएर राति २ः५७ बजेसम्म ४ घण्टा ५ मिनेटसम्म चल्नेछ ।

चन्द्र ग्रहण नेपालसँगै भारत, एशिया, यूरोप, अफ्रिका तथा अष्ट्रेलिया महाद्वीपहरुका थुप्रै देशहरुबाट देख्न सकिने छ । २०२० मा लाग्ने अन्य ग्रहण ५ जुन, ५ जुलाई र ३० नोभेम्बरमा लाग्ने छ ।

यो पटक चन्द्र ग्रहणका क्रममा चन्द्र मिथुन राशिमा बस्ने छ । ज्योतिषका अनुसार जुन राशिमा ग्रहण लाग्छ त्यस राशिमा सबैभन्दा बढी प्रभाव पर्ने गर्दछ । यस ग्रहणमा मिथुन राशिले विशेष ध्यान दिन आवश्यक हुने ज्योतिषले बताएका छन् ।

चन्द्र ग्रहण उप छायाँ ग्रहण हुनेछ । जसमा चन्द्रमा पूर्ण रुपमा लुक्ने छैन, न त चन्द्रमाको कालो छायाँ पृथ्वीमाथि पर्नेछ । आंशिक छायाँ चन्द्रमा ग्रहण पूर्ण र आंशिक चन्द्र ग्रहणभन्दा पनि कमजोर हुनेछ । त्यसैले यसलाई स्पष्ट रुपमा देख्न नसकिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्