News Portal

  • इरानमा विहिवार पुन : अर्को दुखद बस दुर्घटना, कम्तीमा २० जनाको मृत्यु

    २१८ पटक

    काठमाडौं । इरानमा बिहीबार फेरी अर्को दुखद घर्टना भएको छ । एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

    इरानमा लगातार दुखद घटना भइरहेका छन् । अमेरिकाले सैन्य प्रमुखलाई गरेको आक्रमण पछि इरानमा दिनहुँ कुनै न कुनै घटना भएको छ ।
    राजधानी तेहरानबाट ५ सय किलोमिटर उत्तरपूर्वमा पर्ने गोनवाद सहर जान लागेको बस स्थानीय समय अनुसार बिहीबार बिहान दुर्घटना भएको हो ।

    सो दुर्घटनामा परी २४ यात्रु घाइते भएका छन् । अधिकारीहरूले ब्रेक फेल भएपछि बस दुर्घटनामा परेको बताएका छन् । अमेरिकासँगको त नाव चुलिएका बेला पछिल्ला तीन दिन इरानमा लगतार दुर्घटना भएका हुन् ।

    बुधवार मात्र जहाज दुर्घटना हुँदा १७६ जनाको मृत्यु भएको थियो । अमेरिकी हमलामा मारि एका सैनिक कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टि रर््यालीमा भागदौड हुँदा मंगलबार ५० भन्दा बढीको र बुधबार तेहरानको इमाम खामेनी विमानस्थल नजिकै युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दुर्घटना हुँदा १७६ जनाले ज्यान गुमाएका हुन् । सडक र पूर्वाधार राम्रा नभएकाले इरानमा सडक दुर्घटना हुने गर्छ ।

    त्यस्तै इरानको उड्ययन प्राधिकरणले इरानमा बुधबार दुर्घटनाग्रस्त विमानको ‘ब्लाक बक्स’ अमेरिकालाई नदिने बताएको छ ।

    अमेरिकी बहुराष्ट्रिय बोइङ कम्पनीद्वारा निर्मित बोइङ ७३७ को यूक्रेनी विमान इरानको राजधानी तेहरानबाट उडेको केही समयमा दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित १७६ जनाको मृत्यु भएको थियो ।

    इरानको नागरिक उड्ययन संगठनका प्रमुख अलि अबेद्जादेहलाई उद्धृत गरी मेहर न्यूज एजेन्सीले उल्लेख गरेको छ,“हामीले ‘ब्लाक बक्सहरू’ निर्माण कम्पनी वा अमेरिकालाई दिने छैनौ ।”उनले भने, “ब्लाक बक्स अनुसन्धानका लागि कुन देशमा पठाउने भन्ने विषयमा अझै निर्णय गर्न बाँकी छ ।”

    यूक्रेनको अन्तर्राष्ट्रिय विमान सेवाको उडान नं.पीएस ७५२ विमानस्थलबाट छुटेको केही समयभित्र दुर्घटना भएको र दुर्घटनाको केही समयभित्र नै ‘ब्लाक बक्स’ भेटिएको इरानले बताएको छ ।

    अबेद्जादेहले भने, “अन्तर्राष्ट्रिय उड्ययन कानूनमा आधारित भएर इरानले ‘ब्लाक बक्स’ अनुसन्धानका लागि अमेरिकालाई दिने वा नदिने इरानको अधिकारको कुरा हो ।” इरानी अधिकारीका अनुसार इरानी उड्ययन संगठनले ‘ब्लाक बक्स’को अनुसन्धान गर्नेछ र
    तर यस अनुसन्धानमा यूक्रेनी प्राबिधिकहरू उपस्थित रहन सक्ने छन् । ‘ब्लाक बक्स’ को अनुसन्धान र व्याख्याका लागि खास गरी बेलायत, फ्रान्स, जर्मनी र अमेरिका विश्वसनीय मुलुक मानिन्छन् ।

    तेहरानको इमाम खामेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनको राजधानी किभ उडान भर्दै गरेको युक्रेनी विमान दुर्घटना भएको हो । विमानमा सवार सबैको निधन भएको थियो ।

    प्रतिकृया दिनुहोस्