News Portal

  • सुर्खेतबाट जाजरकोट जाँदै गरेको गाडी सल्यानमा दुर्घटना, १८ जना घाइते

    ३४१ पटक

    काठमाडौं । सुर्खेतबाट जाजरकोटका लागि छुटेको हाइस फोर्स गाडी सल्यानमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

    घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । बिहीबार बिहान सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे १ ख २५७३ नम्बरको काक्रे बिहारको फोर्स गाडी छिन्चु जाजरकोट सडक खण्डको बनगाड कुपिण्डे नगरपालिका ११ को बालुवा संग्रही नजिकै दुर्घटना भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते हुनेमा चालक सुर्खेत भेरी गंगा नपा छिन्चुका ३५ वर्षिय प्रकाश शर्मा, सुर्खेत भेरी गगा नपा ९ जरेका ४९ वर्षिय शान्त कुमार तिरुवा, शस्त्र प्रहरी बल सल्यानमा कार्यरत सुर्खेत बिनपा १२ का ३० वर्षिय होम पंगाली , सल्यान बनगाड कुपिण्डे न.गा १ का १३ वर्षिय अनिश बिस्वकर्मा, जाजरकोट छेडागाड नपा ९ जाजरकोटका २१ का वर्षिय भगवती उपाध्याय रहेका छन् ।

    अन्य घाइतेहरु सह चालक जाजरकोट छेडागाड नपा १ को वर्ष २१ वर्षिय गोपाल वडा जाजरकोट सल्लमाको ४० वर्षिय पदम रावत, सल्यान बनगाड कुपिण्डे नपा ३ का ४५ वर्षिय वडा सदस्य भिम बहादुर बुढाथोकी, सल्यान शारदा श्रीनगरका ५१ वर्षिय भुम ब बुढाथोकी, सल्यान शारदा नपा श्रीनगरका ५१ वर्षिय गौतम बुढाथोकी, आरमी ज्वालादल गण बेश क्याम्प लमजुङका २६ वर्षिय पुर्ण सुनार रहेका छन् ।

    त्यसैगरी काठमाडौका अन्दाजी वर्ष ६२ वर्षिय रजनी श्रेष्ठ, काठमाडौका ६२ वर्षिय अनिशा मान्नधर, सल्यान बनगाड कुपिण्डे नपा १ का १५ वर्षिय सन्देश पुन , बनगाड कुपिण्डे नपा १ का ४० वर्षिय गंगा बिश्वकर्मा, जाजरकोट कुसेगाउपालिका ५ का २५ वर्षिय दल बहादुर रोका, रसुवा जिल्लाका २९ वर्षिय मालती आचार्य, रुकुम चौरजाहारी नपा ४ कि ३१ वर्षिय बिजय दर्लामी रहेका छन् ।

    घाइते सबैलाई उपचारको लागि नेपालगन्ज लगिएको प्रहरीको भनाइ छ । घाइतेहरु ६ महिला २ वालक र १० जना पुरुष छन । तिब्र गतीका कारण गाडी दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । गाडी सडक भन्दा १५० मिटर तल खेतमा खसेको छ ।

    प्रतिकृया दिनुहोस्