News Portal

  • स्काभेटर दुर्घटना, २ जनाको मृत्यु, एक जना गम्भिर घाइते

    १३१ पटक

    काठमाडौं । काभ्रेको पनौती नगरपालिका-११ थुम्कीको भित्री सडकमा स्काभेटर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

    सडक डिभिजन कार्यालय भक्तपुरले पाटीखर्कबाट ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा स्काभेटर दुर्घटना परेको थियो । सडक निर्माणको क्रममै स्काभेटर तीन सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनामा परेर स्काभेटरमा बसेका पनौती-११ का १६ वर्षिय राउत केसी र सिन्धुपाल्चोक स्थायी घर भै दिदीको घरमा आएका १५ वर्षिय रोशन भण्डारीको घटनास्थलमै मृत्यु भएको छ ।

    त्यस्तै दुर्घटनामा परि स्काभेटर चालक काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका-७ का २७ वर्षिय जीवन ताम्राकार घाइते भएका छन् । उनको धुलिखेल अस्पतलामा उपचार भैरहेको छ ।

    प्रतिकृया दिनुहोस्