News Portal

राजकुमार ह्यारी र मेगनद्वारा दरबार त्याग्ने घोषणा

१५१ पटक

काठमाडौं । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजदरबार त्याग्ने घोषणा गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले दरबार त्याग्ने घोषणा गरेका हुन् । विज्ञप्तिमा आफूहरूले धेरै महिना सोच विचार र छलफल गरेर दरबार त्याग्ने निर्णय गरेको उल्लेख छ ।

दरबार त्याग्ने निर्णयलाई उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि राखेका छन् । राजपरिवार र वरिष्ठ सदस्याको भूमिकाबाट अलग रहेर आर्थिक रुपमा स्वतन्त्र जीवनयापन गर्नका लागि यस्तो निर्णय गरेको उनीहरुको भनाइ छ ।

दरबारबाट अलग रहेपनि महारानीलाई निरन्तर साथ र समर्थन गरिरहेनेसमेत उनीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्