News Portal

  • होटलमा झुन्डिएको अवस्थामा युवकको शव

    १०२ पटक

    डडेल्धुरा । अमरगढी-५ बागबजारमा एक युवक मृत फेला परेका छन् ।

    बैतडीको मेलैलीका १९ वर्षिय केशबबहादुर चन्द ‘पुरानो सम्बन्ध’ होटलमा बिहीबार बिहान झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

    ५ महिनादेखि होटलमा कार्यरत चन्दलाई दूध ल्याउने महिलाले झ्यालबाट झुन्डिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
    मेलैलीबाट आफन्त आउन लागेकाले उनको शव कोठामै रहेको प्रहरीले जनाएको छ । मृत्युको करण खुलेको छैन ।

    प्रतिकृया दिनुहोस्