News Portal

  • देशका विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु

    १६२ पटक

    काठमाडौं । देशका उदयपुर, मकवानपुर र डोटीमा भएका छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको हो ।

    उदयपुरको ताप्ली गाउँपालिका-२ धपेनीस्थित मे.१ ज २६६२ नं.को बोलेरो गाडी अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गाडी धनी झापा बिर्तामोडका ३३ वर्षिय महेन्द्र राई र गाडीमा सवार ताप्ली गाउँपालिका-२ लेकगाउँ बस्ने २६ वर्षिय मिलन राई रहेका छन् ।

    यसैगरी उदयपुर त्रियुगा नगरपालिका-१० स्थित स.१ ह ३८११ नं.को अटोरिक्शा अनियन्त्रित भइ बुधबार साँझ दुर्घटना हुँदा रिक्शामा सवार २० वर्षिय सिमा दनुवारको मृत्यु भएको छ ।

    मकवानपुरको बाग्मती गाउँपालिका-४ बुद्धचोकस्थित बुधबार साँझ ना.६१ प ७९१८ नं.को मोटरसाइकलको ठक्करबाट पैदलयात्री दिल बहादुर थिङको ३ वर्षिय छोरी अस्मृता थिङको मृत्यु भएको छ ।

    त्यसैगरी डोटी जोरायल गाउँपालिका-१ घोरडीस्थित ना.३ ख ६५८८ नं.को ट्रक अनियन्त्रित भइ बुधबार साँझ दुर्घटना हुँदा बाँके कोहलपुरका चालक ३७ वर्षिय अमर गिरीको मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस्