News Portal

  • अमेरिकी दूतावासमा आगजनी, हवाई फायरिङ

    १०५० पटक

    काठमाडौँ । इराकस्थित अमेरिकी दूतावासमा आगजनी गरिएको छ । इरानी सैन्य कमाण्डरको हत्या गरेर आफ्नो देशलाई युद्धस्थल बनाउन खोजेको भन्दै अमेरिकीविरुद्ध इराकी युवाहरुले आन्दोलन गरिरहेका छन् ।

    इरानले जवाफ हमला गरेपछि इराक फेरि युद्धस्थल हुने भन्दै इराकीहरु अमेरिकाविरुद्ध सडकमा निस्केका छन् । आक्रोसित युवाहरुले बग्दादस्थित अमेरिकी दूतावासमा ढुंगामुडा गर्नुको साथै आगजनी समेत गरेका छन् । उनीहरुले अमेरिकाविरुद्ध चर्का नाराबाजी समेत गरिरहेका छन् ।

    दूताबासको अग्गो पर्खाल बाहिर चारैतिरबाट युवाहरुले ढुंगामुडा हानिरहेका छन् । केही युवाहरुले सडकमा अमेरिकाको झण्डा जलाइरहेका छन् । आगो सल्काएर पर्खालभित्र फालिरहेका छन् । पर्खाल बाहिर भएका सबै सुरक्षा पोष्ट आगजनीबाट नष्ट भइसकेका छन् । बाहिर सडकमा टायर बालेर विरोध गरिहेका छन् ।
    स्थानीय संचारमाध्यमहरुले आक्रोसित युवाहरुले दूताबासको पार्खाल भत्काइरहेको देखाइरहेका छन् । झ्यालका सिसा फुटाइएका छन् भने मुल ढोकामै आगजनी गरिरहेको छ ।

    सुरक्षामा खटिएका अमेरिकी सेनाले टिएर ग्यासको साथै हवाई फायर गरिरहेको छ । तर, आक्रोसित युवाहरुले त्यसको बेवास्ता गर्दै तोडफोड र आगजनी गरिहरहेका छन् । उनीहरुले “अमेरिकी सेना इराक छोड, अमेरिकी हामीलाई चाहिँदैन” जस्ता नारा लगाइरहेका छन् ।

    इराकी सुरक्षाकर्मी तथा मिलिसियाले प्रदर्शनकारीलाई साथ दिइरहेका छन् ।

    इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेकै दिनबाट अमेरिकाविरुद्ध इराकमा विरोध जारी छ । इराकी सरकारले पनि घटनाको विरोध गरेको थियो ।
    इरानको हमलापछि युद्धको सम्भवना रहेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हटेका छन् । उनले इराकमा आफ्नो कुनै क्षति नभएको बताएका छन् । त्यो भनेको उनी इरानविरुद्ध युद्धको लागि तयार नभएको भन्ने अर्थको रुपमा लिइएको छ । ट्रम्पको पत्रकार सम्मेलनपछि तत्काल युद्धको खतरा टरेपनि इराकमा अमेरिकाविरुद्ध प्रदर्शन जारी छ ।

    प्रतिकृया दिनुहोस्