News Portal

इरानको मिसाइल हमलाबारे ट्रम्पको पत्रकार सम्मेलनः युद्धको घोषणा गर्न सकेनन्, हतास र आत्तिए

९९६ पटक

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले गरेको मिसाइल आक्रमणबारे पत्रकार सम्मेलन गरेर प्रतिक्रिया जनाएका छन् । प्रत्यक्ष प्रसारण गरिएको पत्रकार सम्मेलनमा सुरुमै हतास देखिएका ट्रम्प आत्तिएर बोलिरहेका थिए ।

ट्रम्पले इरानविरुद्ध युद्धको घोषणा गर्ने अनुमान गरिएको थियो तर त्यो भएन । ट्रम्पले इराकस्थित अमेरिकी सैन्य क्याम्पमाथि हमला भएको स्वीकार गरे तर क्षति नभएको दाबी गरे । उनले इरानमाथिको नाकाबन्दी जारी रहने बताए । उनले सुलेमानी एक नम्बर आतंकवादी भएको दाबी गर्दै अमेरिकाले मारेको बताए ।

राष्ट्रपति ट्रम्पले इरानी मिसाइलले कुनै सैनिक घाइते नभएको बताउँदै हमलाको जवाफ दिने बताए । उनले इरानलाई आणाविक शक्ति बन्न नदिने चेतावनी समेत दिए । इरानले सुलेमानीको बदला स्वरुप अमेरिकी सैनिकमाथि हमला गरिएको बताउँदै ८० सैनिकको मृत्यु भएको बताएको थियो ।

इरानले इराकस्थित दुई अमेरिकी सैनिक वेश क्याम्पमा २१ वटा मिसाइल हमला गरेको अमेरिकाले पनि स्वीकार गरेको छ । तर कुनै क्षति नभएको भन्नुको अर्थ अमेरिका इरानसँग युद्ध गर्न नचाहेको रुपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस्