News Portal

  • राताे खबर साप्ताहिकका प्रबन्ध निर्देशक चापागाई रिहा

    ६७० पटक

    काठमाडौं । पत्रकार तथा रातोखबर साप्ताहिकका प्रबन्ध निर्देशक भीमप्रसाद चापागाई रिहा भएका छन् । चापागाईलाई बुधबार काठमाडौं जिल्ला प्रशासनले रिहा गरेको हो ।

    पत्रिकाको कामको शिलसिलामा प्रबन्धक चापागाईलाई प्रहरीले ११ दिनअघि गिरफ्तार गरेको थियो । उनलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।

    चापागाईको गिरफ्तारीलाई लिएर क्रान्तिकारी पत्रकार संगठन नेपाललगायतका पत्रकार संगठनहरुले विरोध गरेका थिए । उनीहरुले प्रेस स्वतन्त्रतालाई खुम्च्याउन नियतले चापागाईको गिरफ्तार गरिएको भन्दै आपत्ति जनाएका थिए ।

    प्रतिकृया दिनुहोस्