News Portal

  • नेता यादवले चर्को ब्याज असुले, गुनासोसहित पीडित पक्षले दिए उजुरी

    २२५ पटक

    काठमाडौं । राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य रामबाबु यादवले झण्डै २ सय भन्दा बढी व्यक्तिलाई ऋण दिएर उनीहरुबाट चर्को ब्याज असुली गरेको खुलासा भएको छ ।

    सर्लाहीका यादव र उनका सहयोगी सञ्जय साहले विभिन्न समयमा सर्वसाधारणलाई तमसुकमा सही छाप गर्न लगाएर अर्बौ रुपैँया ठगी गरेको गुनासोसहित पीडित पक्षले बुधबार महान्यायाधिवक्ताको कार्यालयमा उजुरी गरेका छन् ।

    विभिन्न बहानामा जालझेल गरि करकापमा पार्दै जग्गा समेत खाइदिएको गुनासो पीडितको छ । ठगीएर आफुहरु घरबारविहीन भएको उनीहरुले गुनासो गरेका छन् । पीडित पक्षहरुको गुनासो सुन्दै महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले आरोपीलाई कानुनबमोजिम कारबाही हुने बताएका छन् ।

    उनले ठगिएका पीडित पक्षलाई लिखित रुपमा नजिकैको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गर्दै सम्पूर्ण नगद र जग्गाहरुसमेत फिर्ता हुने आश्वासन दिए । यस्तो प्रकृतिका ठगीका घटनाहरु तराईमा निकै हुने गरेको बताउँदै महान्यायाधीवक्ता खरेलले जालझेलबाट बच्न सवैलाई सचेत रहन आग्रह गरे ।

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दोषिलाई छिट्टै कानुनी कठघरामा उभ्याइने बताए । पीडित पक्ष महान्यायाधिवक्ताको कार्यालय पुग्नु अघि गृहमन्त्रालय, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाललाई भेटेर न्यायका लागि आग्रह गरेका थिए ।

    प्रतिकृया दिनुहोस्