News Portal

  • पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

    १२९ पटक

    काठमाडौं । पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिकाको कार्यालय नुवाकोटमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट शुरु गरी सात तले दरबार (वि.सं १८१९) बनाएर करीब २५ र २६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ ।

    यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।

    नगरपालिकाको गत पुस १० गते बसेको पाँचौं नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ । गोरखाका राजा शाहको नेतृत्वमा वि.सं १८०१ असोज १५ गते नुवाकोट विजय भएको थियो ।

    प्रतिकृया दिनुहोस्