News Portal

  • जाडखोल्सीमा युवक मृत फेला

    १३९ पटक

    हुम्ला । उत्तरी नाम्खा गाउँपालिका ३ स्थित जाडखोल्सी गाउँ नजिक बाटोमा एक युवक मृत फेला परेका छन् ।

    आइतबार कुन्छोलुङ्ग गुम्बाबाट पुजा सकेर घर फर्किदै गरेका १९ वर्षिय शिव लामा मृत अवस्थामा फेला परेका हुन् । गाउँभन्दा आधा घण्टा टाढाको बाटोमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय हुम्लामा उनका २ जना साथिलाई ल्याइएको छ । लामाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल हुम्ला लगिएको छ ।

    प्रतिकृया दिनुहोस्