News Portal

  • चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागेको खुलासा

    १४४ पटक

    झापा । बिर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.कृष्ण गिरीमाथि गम्भीर आरोप लगाएका छन् ।

    उनले बीएन्डसी कलेजको सबन्धनका लागि चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लगाएका हुन् ।

    काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरेर उनले उक्त कुरा सार्वजनिक गरेका हुन् । सरकारले गत भदौमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. गिरीलाई नियुक्त गरेको थियो ।

    कलेजलाई सरकारले मेडिकल शिक्षाका लागि सम्बन्धन नदिएको भन्दै अदालत जाने चेतावनी दिंदै भने, ‘मैले सबै मापदण्ड पूरा गरिसकेको छु । पुस मसान्तसम्ममा सम्बन्धन नदिएमा म अदालत जान्छु ।’

    सबै मापदण्ड पूरा गरेको अवस्थामा पनि सम्बन्धन नदिएकोमा आक्रोश पोख्दै सरकारले नै किनेर चलाउन आग्रह गरे । उनले भने,‘पुस मसान्तसम्म सरकारले कलेज कि किनोस कि सम्बन्धन देओस्’

    प्रतिकृया दिनुहोस्