News Portal

  • इरानमा विमान दुर्घटना, १७६ जनाको मृत्यु

    २४५ पटक

    काठमाडौं । इरानमा एक यात्रीवाहक विमान दुर्घटना हुँदा १७६ जनाको मृत्यु भएको छ ।

    युक्रेनको सो विमान बुधबार बिहान तेहरान नजिकै दुर्घटना भएको हो । राजधानी तेहरानको इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै बोइङ ७३७ विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय संचारमध्यमहरुले जनाएका छन् ।

    इरानको उड्डयन संगठनका प्रवक्ताकाअनुसार विमानमा १६७ जना यात्री र चालकदलका ९ सदस्य सवार थिए । उनीहरु सबैको मृत्यु भएको छ । सुरुमा विमानमा १८० जना सवार रहेको समाचार आएको थियो ।

    विमान युक्रेनको राजधानी किभका लागि उडेको थियो । दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन । इरानी समाचार एजेन्सी ‘फार्स’ले भने प्राविधिक समस्याका कारण विमान दुर्घटना भएको जनाएको छ । दुर्घटनास्थलमा उद्धार टोली खटाइएको छ ।

    प्रतिकृया दिनुहोस्