News Portal

टी-२० मा भारतले श्रीलङ्कालाई ७ विकेटले हरायो

१८७ पटक

काठमाडौं । भारतको इन्डोरमा मङ्गलबार राति भएको श्रीलङ्काविरुद्धको दोस्रो टी-२०ख क्रिकेटमा भारत विजयी भएको छ ।

भारतले पाहुना टोली श्रीलङ्कालाई ७ विकेटले हरायो । जीतसँगै भारतले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । दुई टोलीबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो ।

श्रीलङ्काले दिएको १४३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.३ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो ।

भारतको लागि लोकेश राहुलले सर्वाधिक ४५ रन बनाए । श्रेयस आयरले ३४, शिखर धवनले ३२ र कप्तान विराट कोहली अविजित २४ रन बनाए । श्रीलंकाका वाविन्दु हसरंगाले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।

श्रीलंकाका कुशल परेराले ३४, अभिस्का फर्नान्डोले २२ र दनुस्का गुनाथिलकाले २० रन बनाए । भारतका सार्दुल ठाकुरले तीन विकेट लिए । नाभदीप सैनी र कुलदीप यादवले दुई दुई विकेट लिएका थिए । तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

प्रतिकृया दिनुहोस्