
काठमाडौं । तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटना भएको छ ।
प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जानकारी दिएको छ ।
फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समय अनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको थियो ।
विमान दुर्घटना हुन केही घण्टाअघि इरानले इराकस्थित अमेरिकी सेनाको एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो । विमानमा १८० जना यात्रु र चालक दलका सदस्य रहेका थिउ । उनीहरुको अवस्थाको बारेमा थप विवरण आउन बँकी छ ।
